अर्थ / बाणिज्य

यातायात कार्यालयले उठायो २९ करोड राजस्व

इकागज |
माघ १२, २०७८ बुधवार ९:२६ बजे

जनकपुर- यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८÷७९ को ६ महिनामा २८ करोड ९३ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व संकलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए । चालु आवको ६ महिनामा सवारी करबाट २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट २३ लाख ६८ हजार राजस्व संकलन भएको छ ।


यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्रयाक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन दर्ता भएको कार्यालय प्रमुख साहले जानकारी दिए । सो कार्यालयले आव २०७७/७८ को ६ महिनामा २० करोड २८ लाख २१ हजार राजस्व संकलन गरेको थियो ।रासस


Author

थप समाचार
x