अर्थ / बाणिज्य

नेपालमा १ लाख ९१ हजार विद्युतीय चुरोट आयात

इकागज |
माघ १२, २०७८ बुधबार १३:२२ बजे

सांकेतिक फोटो

काठमाडौँ - नेपालमा विलासिता वस्तुको प्रयोग बढ्दै गएको देखिएको छ । पछिल्लो समय नेपालमा विद्युतीय सिग्रेटको आयात समेत बढ्दै गएको छ । विलासिताको वस्तुका रूपमा चिनिने इ-सिग्रेट पछिल्ला ६ महिनाको अवधिमा इलेक्ट्रनिक सिग्रेटको आयात १ लाख ९१ हजार भन्दा बढी आयात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा १ लाख ९१ हजार १ सय १५ थान इलेक्ट्रोनिक सिग्रेट आयात भएको देखिएको छ । यसबापत ६९ लाख ४५ हजार भन्दाबढी रकम बाहिरिएको छ । यसमा सबैभन्दा बढील चीनबाट आयात भएका छन् । चीनबाट मात्रै १ लाख ५४ हजार इ-सिग्रेट भित्रिएका छन् । त्यस्तै दोस्रो धेरै आयात हङकङबाट भएको देखिन्छ । ३४ हजार ५ सय ७३ थान हङकङबाट भित्रिएका छन् ।


विशेषगरी युवावर्गमाझ लोकप्रिय रहेको इ-सिग्रेट बोकेर हिँडन तथा बिना लाइटर प्रयोग गर्न सकिने हुँदा पनि युवाहरूले यसको प्रयोग गर्न थालेका छन् ।


Author

थप समाचार
x