अर्थ / बाणिज्य

नेपाली बजारमा आयो सेगवे इलेक्ट्रिक स्कुटर

इकागज |
माघ १२, २०७८ बुधवार १७:३९ बजे

काठमाडौँ- नेपाली बजारमा नयाँ इलेक्ट्रीक स्कुटर ब्राण्ड भित्रिएको छ । सेगवे नाइनवोटको विक्री सुरु हुने भएको हो । सेगवे नाइनबोटको लागि नेपालमा आइ हव प्रा. लि आधिकारिक आयातकर्ता र वितरक कम्पनी रहेको छ । कम्पनीका निर्देशक लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई ल्याएका हुन् ।

विश्वव्यापी रुपमा लोकप्रिय र उच्च विक्री हुने इ-स्कुटर ब्रान्ड सेगवे इ-१०० माघको तेस्रो हप्ता देखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । आइ हवले निकट भविष्यमा नेपाली बजारमा सेगवे इ-स्कुटरका अन्य मोडलहरु पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।


 


Author

थप समाचार
x