अर्थ / बाणिज्य

२ घण्टामा ८० प्रतिशत ब्राउजिङ डाटा ट्रयाक गर्ने एक अध्ययनको दाबी

इकागज |
माघ १३, २०७८ बिहीबार १४:३० बजे

काठमाडौँ - वेब ट्रयाकरहरुले इन्टरनेटमा हामीलाई ट्रयाक गरिरहन्छन् भन्ने कुरा त हामी सबैलाई थाहा नै छ तर नोर्टनले ट्रयाकरहरुले ८० प्रतिशत सम्म ब्राउजिङ हिस्ट्री मात्रै २ घण्टामा ट्रयाक गर्ने गरेको तथ्य खुलाएको छ । एक अनुसन्धान अनुसार इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतसम्म ट्रयाक गर्न सक्ने जनाइएको छ ।अनलाइनमा ट्रयाकरहरुले प्रयोगकर्ताको ८० प्रतिशत सम्म ब्राउजिङ हिस्ट्री ट्रयाक गर्न सक्ने एक प्रतिवेदनले देखाएको हो।

नोर्टन ल्याबले गरेको सर्वेक्षण अनुसार ट्रयाकरहरुले प्रयोगकर्ताले ब्राउज गर्न सुरु गरेको दुई घण्टामै डेटा ट्रयाक गर्ने र जसले प्रयोगकर्ताको  धेरै डाटा ट्रयाक गर्न सक्ने जनाएको छ । ल्याबले प्रकाशन गरेको कन्जयुमर साइबर सेफ्टी पल्स रिपोर्टले सन् २०२१  को अक्टोबर देखि डिसेम्बरसम्मको साइबर सेक्युरिटीको विषयबारे छलफल गरेको थियो।


रिपोर्टका अनुसार सामान्यतया प्रयोगकर्तालाई हरेक हप्ता १ सय ७७ ओटा ट्रयाकिङ संस्थाले ट्रयाकिङ गर्ने गर्दछन् । यस्ता ट्रयाकरहरुले फिशिङ इमेलहरु पठाउने गर्दछन् । उनीहरुले प्रयोगकर्ताको यूजरनेम, पासवर्ड, सामाजिक सुरक्षा नम्बर समेत ट्रयाक गरेर पत्ता लगाउने गर्दछन् ।


Author

थप समाचार
x