अर्थ / बाणिज्य

सानिमा बैंक अब कावासोती, बर्दिबास र अत्तरियामा

इकागज |
माघ १७, २०७८ सोमबार १७:४५ बजे

काठमाडौँ - सानिमा बैंक लिमिटेडले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर श्रीमती चन्द्रकुमारी पुनले गरिन् ।

यसैगरी बर्दिबास-१, महोत्तरीस्थित बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर श्री बिदुर कुमार कार्कीज्यूले र गोदावरी नगरपालिका-१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदज र उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले संयुक्त रुपमा गरेका थिए । 


समुद्घाटन् समारोहमा मेयर पुन, कार्की र साउद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड १९को जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपायहरु अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् । बैंकले पनि यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास लिएको छ ।सानिमा बैंकको देशका सातै प्रदेशमा १२२ कार्यालय र १०२ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 
 


Author

थप समाचार
x