यस्ता छन् रियलमीको बजारमा उपलब्ध पछिल्ला स्मार्टफोन
काठमाडौँ - रियलमीले नेपाली बजारमा आफ्ना नयाँ स्मार्टफोनहरू ल्याएको छ । नेपाली उपभोक्ताले चाहाना र बजेटअनुरुप रियलमीले नयाँ फोनहरू सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका मोबाइलहरू जाडो महिना लक्षित मोबाइलको रूपमा रहेका छन् ।
नार्जो ५०आई – इन्ट्री लेभल
रियलमीले ल्याएको नयाँ फोनको रूपमा नार्जो ५०आई रहेको छ। राम्रो क्यामेराहरु, आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधाहरु भएको यस फोनबाट प्रयोगकर्ताले चाहे अनुसारको फाइदा उठाउन सक्नुहुन्छ । मूल्य १२,९ सय ९९ रूपैयाँ रहेको यस फोनमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज रहेको छ । यस फोनमा उत्कृष्ट ब्याट्री लाइफ रहेको कम्पनीले जनाएको छ ।
आफ्नो सेग्मेन्टमा अरु भन्दा फरक र आकर्षक डिजाइनले नै नार्जो ५०आई लाई उत्कृष्ट सावित गर्ने कम्पनीले जानकारी दिएको छ। डायगनर स्ट्राइप डिजाइन रहेको पछाडिको भाग सुन्दर देखिन्छ र यो फोन मिन्ट ग्रिन र कार्बन ब्ल्याक कलरमा पनि उपलब्ध छ ।
रियलमी नाइन आई-मिडरेन्ज
गेम खेल्न, फोटोग्राफीमा आकर्षित व्यक्ति अथवा टिकटक लागि यो फोन निकै उपयोगी रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो फोन भ्यालेन्टाइनस् डे अगाडि नै बजारमा आउनेछ । यसको मूल्य २६ हजारको हाराहारी मै उपलब्ध हुने कम्पनीको दाबी छ । रियलमी नाइन आईमा आकर्षक डिस्प्ले, छिटो रिफ्रेस रेट र फास्ट प्रोसेसर रहेको छ ।
रियलमी नाइन आईले फास्ट चाजिङ पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ । ० प्रतिशत देखि १०० प्रतिशत ब्याट्री चार्ज हुन जम्मा १ घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ । ५० एमपी एआई सेन्सरले दिउँसो अथवा राती पनि एचडि फोटोहरु कम्पनीले दाबी गरेको छ । २ एमपी डेप्थ सेन्सर र २ एमपी मार्को लेन्स पनि यस फोनमा उपलब्ध छ । फोटोग्राफी मनपराउनेहरु सबैलाई यस फोनले आकर्षक तस्विरहरु खिच्न मद्दत गर्दछ ।
रियलमी जिटी नियो २
रियलमी जिटी नियो २ फ्ल्यागसिप फोन हो । १२० एचजेड एमओएलइडी डिस्प्ले, ६५ ड्ब्लु को फास्ट चार्जिङ र फास्ट प्रोसेसर सहितको यो अन्य फोनहरू भन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यस फोनको अर्को सुन्दर पक्ष भनेको यसको ब्याट्री हो । यसको ब्याट्री दिनभर चल्छ, ८ लेयरको चार्जिङ सुविधा उपलब्ध छ र जिरो ब्याट्री देखि १०० प्रतिशत ब्याट्री ३३ मिनेटमै चार्ज हुने कम्पनीको भनाई छ । जम्मा ५ मिनेट चार्ज गर्दा सुपरडार्ट चार्जिङको मद्दतले २० प्रतिशत ब्याट्री चार्ज हुन्छ । यसमा रहेको स्नापड्रागन ८ सय ७० एओसी रहेको कम्पनीले जनाएको छ । दोस्रो यसको क्यामेराहरू ६४ एमपी रहेको कम्पनीले जनाएको छ । यसको साथ वाइड एङगल लेन्स र म्यक्रो लेन्स हुन्छ ।
.
स्मार्ट फोन |
विशेषता |
मूल्य |
रियलमी जीटी नियो टु |
८/१२८जीबी |
५४,१९९ |
१२/२५६जीबी |
६०,९९९ |
|
रियलमी नाइन आई |
४/६४जीबी |
उपलब्ध नरहेको । |
नार्जो ५०आई |
२/३२जीबी |
१२,९९९ |
४/६४जीबी |
१५,४९९ |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया