अर्थ / बाणिज्य

प्रिमियम वासिङ मेसिन ‘सीजी मेरिडिया’ बजारमा

इकागज |
माघ २०, २०७८ बिहीबार १९:३५ बजे

काठमाडौँ - सीजी ब्राण्ड अन्तर्गत सीजीले प्रिमियम वासिङ मेसिन सीजी मेरिडिया बजारमा ल्याएको छ । सीजी मेरिडिया वासिङ मेसिन ‘स्पाकेयर’ र ‘स्टेरिलाइजेशन’ जस्ता उत्कृष्ट प्रविधिबाट तयार परिएको सीजी ब्राण्डको लक्जरी उत्पादनहरू मध्ये एक हो ।

यस सीजी मेरिडिया वासिङ मेसिन को मूल विशेषताहरु बी ड्राइभ इन्भर्टर मोटर, स्टेरिलाइजेशन, र स्पाकेयर हुन् । ब्रस प्रविधि नराखी डिजाइन गरिएकोले यस वासिङ मेसिन ‘सर्ट सर्किट’ जस्ता जोखिमबाट मुक्त गर्ने र अन्य वासिङ मेसिनको तुलनामा लामो अवधिसम्म टिक्ने कम्पनीले जनाएको छ ।


प्रविधिको नवीन प्रयोगमा विशेष चासो राख्ने सीजी ब्राण्डले यस वासिङ मेसिनको हरेक ‘फिचर’लाई बिशेष ध्यानमा राखी बनाएको जनाएको छ । ५५० मिलिमिटरको यस वासिङ मेसिनमा ४४० मिलिमिटरको ढोका रहेको छ, जसले कपडा निकाल्न र कपडको अवस्था हेर्न सहजता प्रदान गर्दछ ।

सीजी ब्राण्डले आगामी दिनहरूमा‘सीजी मेरिडिया’ नाम अन्तर्गत आफ्ना अरू पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कुरा पनि कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x