मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटल ड्यानडलीयनमा विशेष छुट
काठमाडौँ - मुक्तिनाथ विकास बैंक र पोखरामा रहेको होटेल ड्यानडलियनबीच व्यवसायिक सम्झौतामा भएको हो । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरुले होटल ड्यानडलियनका सेवाहरु (बसाइँ, बेड र ब्रेकफास्ट, रेस्टुरेन्ट जस्ता सेवा सुविधा) मा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।
त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ सेवाहरु घरबाटै लिन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया