अर्थ / बाणिज्य

बागबजारमा श्रीराज कलेक्सनको दोस्रो शाखा

माघ महिनाभरी शुट सिलाउनेलाई २५ प्रतिशत छुट

इकागज |
माघ २२, २०७८ शनिबार १४:४५ बजे

काठमाडौँ- नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको लागि दोस्रो शाखा खोलेको छ ।  श्रीराजले बाग्बजारमा दोस्रो शाखा सुट्मालाको शुभारम्भ गरेको हो । कोभिड-१९ महामारीबिच सरकारले तोकेको मापदण्ड पूरा गरेर सिमित व्यक्तिको उपस्थिीतिमा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमको नाम खुसी मिलन राखिएको थियो ।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सुट्मालाका सञ्चालक राज कार्कीले पुष्पगुच्छा प्रदान गरेर, खुसी साँटासाँट् गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो । सञ्चालक कार्कीका अनुसार माघ महिनाभरी सुट् सिलाउनेलाई २५ प्रतिशत छुट् दिने जानकारी दिएका छन् ।


सुट्माला बागबजारको केएमसी कलेजको ठिक अगाडी अवस्थित छ । सुट्मालाले विभिन्न डिजाइनका आधुनिक सुट् र यससँग सम्बन्धित सबै प्रकारका आइटमहरु उपलब्ध गराउने सञ्चालक कार्कीले बताए । बागबजारको यस शाखामार्फत नेपाली कपडा उत्पादनलाई पनि विशेष प्राथमिकता दिईने उनले बताए ।

बागबजारस्थित सुट्मालामा अनलाइनबाट पनि कपडा अर्डर गर्न सकिने कार्कीले जानकारी दिएका छन् । अर्डरका आधारमा काठमाडौँ उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि प्रदान गर्नेछ । यस्तो विषम परिस्थीतिमा पनि आफूले नयाँ शाखा सूरु गर्दा युवा पुस्तालाई सकारात्मक सोच र उर्जा मिल्ने कुरामा विश्वास लिएको सञ्चालक कार्कीले बताए ।   

कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य मिलन नेपाली, बाग्मति प्रदेश सदस्य महेश कायस्थ, बिनोद छिनाल, काठमाडौँ जिल्ला संघका अध्यक्ष चन्द्र रणपहेली लगायतको उपस्थिीति रहेको थियो । यस्तै कलाकार सुरज चापागाँई ‘बान्द्रे’, सुबोध गौतम ‘एक्दुमे’, यादब देबकोटा ‘सरापे’, राजु कमेडी, सुरेश थापा ‘दर्शने’, दुर्गा विरही, कुमार कार्की, उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की लगायतको उपस्थिती रहेको थियो ।


Author

थप समाचार
x