अर्थ / बाणिज्य

क्लासिकटेकले ल्यायो सापटी सेवा

इकागज |
माघ २३, २०७८ आइतबार १२:३९ बजे

काठमाडौँ - इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले सापटी सेवा ल्याएको छ । कम्पनीले आफ्ना विद्यमान ग्राहकको सहजताका लागि यस्तो सेवा ल्याएको हो ।

कम्पनीका अनुसार क्लासिकटेक मोबाइल एपमार्फत यो सुविधा प्रयोग गर्न सकिनेछ । ‘रिचार्जका लागि पर्याप्त नगद नहुँदा, आफ्नो घरपरिवारभन्दा टाढा हुँदा ग्राहकले हाम्रो सापटी सेवाको फाइदा लिन सक्नेछन्,’ कम्पनीले भनेको छ । क्लासिकटेकका अनुसार ६ महिना र एक वर्षको प्याकेज लिएका ग्राहकले सात दिनसम्मको रिचार्ज सापटी लिन सक्नेछन् । जुन चार दिन र तीन दिन गरी दुई पटकमा दिइनेछ ।


त्यस्तै चार महिना र दुई महिनाको सब्सक्रिप्सन लिएका ग्राहकले भने तीन दिनको रिचार्ज सापटी पाउनेछन् । जुन चाहिँ दुई दिन र एक दिन गरी दुई पटकमा लिन सकिनेछ । त्यस्तै एक महिने सब्सक्रिप्सन लिएका ग्राहकले दुई दिनको सापटी पाउनेछन् । यसरी लिएको सापटी रकम रिचार्ज गरेपछिको ब्यालेन्सबाट काटिने कम्पनीले जनाएको छ ।

कम्पनीको  मुख्य उद्देश्य देशका विकसित सहर देखि दुर्गम ग्रामीण भेगहरुमा समेत इन्टरनेटको पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको  छ ।

यो विषेश अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको  हो । कम्पनीले भविष्यमा पनि कम्पनीले ग्राहकको सुविधालाईलाई मध्य नजर राखेर थप सुविधा ल्याउने  जनाएको छ।  


Author

थप समाचार
x