अर्थ / बाणिज्य

रोनाल्डोको इन्स्टाग्राम ४ सय मिलियन फलोअर्स

इकागज |
माघ २४, २०७८ सोमबार १२:११ बजे

काठमाडौँ -  फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले इन्स्टाग्राममा ४ सय मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति भएका छन् । रोनाल्डो हाल म्यानेचेष्टर युनाइटेड क्लबसँग आबद्ध छन् ।

रोनाल्डोको इन्स्टाग्राममा ४ सय मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका हुन् । केही दिन अघिमात्रै उनले आफ्नो ३७औं जन्मदिन मनाएका थिए जन्मदिनसँग उनले अर्को उपलब्धि हासिल गरेका छन् । ५ फ्रेबवरी १९८५ मा जन्मिएका रोनाल्डो पोर्चुगलका खेलाडी हुन । 


इन्स्टाग्राममा सर्वाधिक फलोअर्स हुनेको दोस्रो नम्बरमा अमेरिकी मोडल कायली जेनर छन् । हाल फुटबलमा सर्वाधिक चर्चा हुने गरेका अर्का फुटबल अर्जेन्टिनी स्टार लियोनल मेस्सी भने ३०६ मिलियन फलोअर्स सहित तेस्रो नम्बरमा रहेका छन् । दोस्रो स्थानमा रहेकी मोडल कायली जेनर मेस्सी भन्दा करिब ३ मिलियन बढी फलोअर्स रहेका छन् । 

 


Author

थप समाचार
x