अर्थ / बाणिज्य

फाइबर नेटमा वर्ल्डलिंकका ग्राहक संख्या साढे ५ लाख नाघ्यो

टेलिकमको २ करोड १६ लाख ग्राहक पुग्दा एनसेल कहाँ छ ?

इकागज |
माघ २५, २०७८ मंगलबार १८:७ बजे

काठमाडौँ - नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोग संख्या ३ करोड ६० लाख भन्दा बढी पुगेको छ । जसमा सबैभन्दा धेरै मोबाइल सेवा प्रदायकको रहेको देखिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणको सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार ११८.८६ प्रतिशत ब्रोडव्यान्ड इन्टरनेटको हिस्सा रहेको छ ।

जसमा ८० प्रतिशत बजार मोबाइल ब्रोडव्यान्डले ओगेटेको छ । त्यस्तै तारसहित (वायर) इन्टरनेट प्रयोगकर्ता २९.२० प्रतिशत रहेको छ । त्यस्तै आइएसपीहरूबाट ताररहित इन्टरनेट ०.६९ प्रतिशत रहेको छ ।


मोबाइल सेवामा थ्रीजी तथा फोरजी सेवा प्रयोग गरेर इन्टरनेट चलाउने संख्या १ करोड ८२ लाख ६० हजार ४ सय ९१ रहेको छ । इभिडियो तथा वाइम्याक्स प्रयोगकर्ताको संख्या क्रमश: १ लाख ३६ हजार ५ सय ७३ र ९० हजार ६ सय ३ रहेको छ ।

यस्तो छ पछिल्लो इन्टरनेट ग्राहक थपघट संख्या

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार एक महिनाको अवधिमा ५७ हजार ९ सय १२ फाइबर इन्टरनेट ग्राहक थपिएको देखिन्छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार कात्तिकमा १६ लाख २९ हजार ७६८ फाइबर इन्टरनेट ग्राहक रहेकोमा मंसिरमा बढेर १६ लाख ८७ हजार ६ सय ८० प्रयोगकर्ता पुगेका छन् ।

फाइबर इन्टरनेटमा सबैभन्दा बढी ग्राहक संख्या रहेको वर्ल्डलिंकले थपेको छ। कात्तिकमा ५ लाख ४९ हजार २ सय ८३ रहेकोमा मंसिर महिनामा १३ हजार २ सय ६३ जना थपेर ग्राहक संख्या ५ लाख ६२ हजार ५ सय ४६ पुर्‍याएको प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ। फाइबार तथा अन्य गरेर वर्ल्डलिंकको ग्राहक ५ लाख ६३ हजार ७ सय ७० पुगेको छ । 

स्रोत: नेपाल दुरसञ्चार प्राधिकरण

दोस्रो बढी फाइबर ग्राहक थप्नेमा टेलिकम रहेको छ देखिन्छ। टेलिकमको कात्तिकमा १ लाख ५१ हजार ६ सय ७६ फाइबर इन्टरनेट प्रयोगकर्ता रहेका थिए ।मंसिरमा ७ हजार ४ सय ७८ ग्राहक थपेर १ लाख ५९ हजार १ सय ५४ पुगेको छ।

टेलिकमपछि क्लासिक टेक फाइबर इन्टरनेट प्रयोगकर्ता संख्या थप्न सफल भएको छ। कात्तिकमा १ लाख ८७ हजार ५ सय ६३ फाइबर ग्राहक रहेकोमा ७ हजार १ सय ग्राहक थपेर १ लाख ९४ हजार ६ सय ६३ पुर्‍याएको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, कात्तिकको तुलनामा मंसिरमा सुबिसुले ४ हजार ३९ फाइबर इन्टरनेट ग्राहक थपेको प्राधिकरणले जनाएको छ। सुबिसुसँग कात्तिकमा २ लाख १५ हजार २ सय ४८ ग्राहक रहेकोमा मंसिरमा बढेर २ लाख १९ हजार २ सय ८७ पुगेको देखिन्छ।

भायनेटले पनि २ हजार ८ सय ८१ फाइबर इन्टरनेट ग्राहक थप्न सफल भएको छ। कात्तिकमा १ लाख ५५ हजार ७ सय ६९ फाइबर इन्टरनेट ग्राहक रहेकोमा मंसिरमा बढेर १ लाख ५८ हजार ६ सय ५० पुगेको प्राधिकरणले जनाएको छ।

यस्तै, पछिल्लो समय ठूलो लगानीसहित इन्टरनेट बजारमा भित्रिएका डिसहोम फाइबरनेट र सीजी नेटले पनि फाइबर इन्टरनेट ग्राहक थपेका छन्। कात्तिकमा डिसहोमसँग ३८ हजार ४ सय ७४ फाइबर इन्टरनेट ग्राहक रहेकोमा मंसिरमा ४४ हजार २ सय ८७ पुर्‍याएको छ ।

यस्तो छ प्राधिकरणको तथ्यांकअनुसार १० प्रमुख निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक 

वर्ल्डलिंक कम्युनिकेसन

कार्तिक  – ५, ५०, ५७९

मंसिर– ५, ६३, ७७०

वृद्धि –  १३, १९१

सुविसु केबलनेट 

कार्तिक - २,४३, ७३३

मंसिर – २, ४७, ९३८

वृद्धि – ४, २०५

क्लासिकटेक प्रालि

कार्तिक – १, ८८, ३०३

मंसिर – १, ९५, ३८८

वृद्धि – ७, ०८५

भायानेट प्रालि 

कार्तिक– १, ५५, ७३३

मंसिर – १, ५८, ६५०

कमी – २, ९१७

वेबसर्फर कम्युनिकेशन 

कार्तिक – ७४, ०४२

मंसिर – ७४, ०४२

अन्तर – यथावत

टेकमाइण्ड्स नेटवर्क

कार्तिक – ६९, ९१३

मंसिर – ६९, ९१३

अन्तर – यथावत्

ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन

कार्तिक – ५२, २९३

मंसिर – ५३, ३९५

वृद्धि – १, १०२

डिश मिडिया नेटवर्क 

कार्तिक – ३८, ७७४

मंसिर – ४४, २८७

वृद्धि – ५,५१३

कनेक्ट नेपाल नेटवर्क 

कार्तिक – १८, ५७०

मंसिर – १८, ५७०

अन्तर – यथावत्

एरोनेट प्रालि 

कार्तिक – १६, ५६२

मंसिर  – १६, ९५२

वृद्धि – १९७

मोबाइल सेवातर्फ

प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा मोबाइल सेवा प्रयोग गर्नेको संख्या चार करोड नाघेको छ । प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार ४ करोड ८ लाख ५५ हजार २ सय ८९ जीएसएम मोबाइल सेवाको प्रयोगकर्ता रहेको छ ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २ करोड १६ लाख ४५ हजार १ सय ८९ जीएसएम प्रयोगकर्ता रहेका छन् । त्यस्तै नीजि क्षेत्रको ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको १ करोड ६८ लाख ४१ हजार ७ सय ६४ जीएसएम प्रयोगकर्ता रहेका छन् ।

खारेजीको मुखमा पुगेको स्मार्ट टेलिकमको २३ लाख ६८ हजार ३ सय ३६ प्रयोगकर्ता रहेको प्राधिकरणले निकालेको पछिल्लो तथ्यांकले देखाउछ ।

नेपाल टेलिकमको निजी क्षेत्रको सेवा प्रदायक एनसेललाई जीएसएम सेवामा निकै पछि छाडेको छ । पछिल्लो तथ्यांकअनसार एनसेल भन्दा नेपाल टेलिकमको ४८ लाख बढी प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ ।  त्यस्तै टेलिकमको फोरजी सेवा प्रयोग गर्ने संख्या ८१ लाख ७४ हजार पुगेका छन्। फोरजीमा पनि एनसेल टेलिकमभन्दा पछि परेको छ । एनसेलको ६१ लाख ४८ हजार फोरजी प्रयोगकर्ता रहेका छन् ।

टेलिकमको सिडिएमए प्रविधिमा समेत ३ लाख २१ हजार २ सय ७३ प्रयोगकर्ता रहेका छन् । हाल टेलिकमले सिडिएमए सेवा बन्द गर्नको लागि यसका प्रयोगकर्तालाई जीएसएमतर्फ माइग्रेसन गरिरहेको छ । जीएसएम तथा सिडिएमए सेवाका प्रयोगकर्ताको संख्या ४ करोड ११ लाख ७६ हजार ५ सय ६२ पुगेका छन् ।

मोबाइल सेवामा नेपाल टेलिकमले ५४.२६ प्रतिशत स्थान ओगट्दा एनसेलले ४०.१० प्रतिशत ओगटेको छ । त्यस्तै स्मार्ट टेलिकमले ५.६४ प्रतिशत बजार ओगटेको छ ।


Author

थप समाचार
x