अर्थ / बाणिज्य

७ वर्षीया बालिका जसका लागि वरदान बन्यो युट्युब

इकागज |
फागुन २, २०७८ सोमबार १३:६ बजे

काठमाडौँ - रसियाली ७ वर्षीया  बालिका सामाजिक सञ्जाल स्टार भएका छिन् । उनले सामाजिक सञ्जालमा भिडिओ हालेर लाखौं रूपैयाँ समेत आर्जन गर्ने गरेकी छिन्। अनास्तासिया रैडजिस्काया नाम गरेकी यी बालिकाले युट्युबमा अपलोड गरेका भिडिओ हजारौं पटक हेरिएका छन् । 

२०१४ मा जन्मिएकी यी बालिकालाई पहिला न्यूरोलोजिकल डिसअर्डर भएको थियो। यस रोग लागेको थाहा पाएपछि उपचार गराउन दौडिदा उनका आमाबाबुले आफ्नो जागिर छोडे र छोरीको लागि युट्युब च्यानल सुरु गरे । जुन अनास्तासियाको लागि शैक्षिक परियोजनाको रूपमा सुरु गरिएको थियो।


उनले युट्युबमा अपलोड गरेका भिडिओहरू पपुलर क्रियटर्सको सूचीमा समेत परेको छ। यसवापत उनले हरेक महिना १ करोडभन्दा बढी कमाउने गरेकी छिन्। हाल उनको १४० करोडभन्दा बढीको सम्पति रहेको छ।

एक रिपोर्टअनुसार गत वर्ष उनले करिब २ सय करोड कमाएकी थिइन् । उनका प्रत्येक भिडिओमा आमा र बुबाले सहयोग गर्ने गरेका छ्न् ।  उनको भिडिओहरू युट्युब र इन्स्टाग्राम जस्ता सोशल मिडिया प्लेटफर्ममा सेयर गर्ने गरेकी छिन जसमा समेत उनले उलेख्य प्रशंसकहरू बटुलेकी छिन् । 

कमाई हुन थालेपछि उनका आमाबुवाले विभिन्न प्रकारका सामग्री बनाएर उनको भिडिओलाई झन् आकर्षक बनाउन थाले । यसले गर्दा अनास्तासिया युट्युबका शीर्ष १० मा सबैभन्दा धेरै कमाउने सामग्री सिर्जना गर्नेहरूको सूचीमा छैटौं नम्बरमा पुगिन्। उनको एउटा भिडियोले ९० लाखभन्दा बढी भ्युज पाएको छ । उनको च्यानललाई ८६ मिलियनले सब्सक्राइब रहेका छन् ।

 


Author

थप समाचार
x