अर्थ / बाणिज्य

मोबाइल सेवाको गुणस्तरमा एनसेल सबैभन्दा अगाडि

इकागज |
फागुन ४, २०७८ बुधबार ११:२८ बजे

काठमाडौँ - नेपाल दुरसञ्चार प्राधिकरणले औसत कल ड्रप दर (कुरा गर्दागर्दै फोन काटिने) मा निजी दूरसंचार सेवा प्रदायक एनसेलमा सबैभन्दा गुणस्तरीय रहेको छ। प्राधिकरणले नेपाल टेलिकम एनसेल तथा स्मार्ट टेलिकमको भ्वाइस सेवाको गुणस्तर परीक्षण गरेको थियो ।

पुस १६ देखि २७ गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा गरेको भ्वाइस परीक्षणबाट एनसेलको कल ड्रप रेट सबैभन्दा अन्य सेवा प्रदायकको तुलनामा गुणस्तरीय देखिएको हो। तर टेलिकम कम्पनीहरूले दिने भ्वाइस कुनै पनि टेलिकम अपरेट गुणस्तरीय सेवा दिन नसकेको प्रतिवेदनले देखाएको छ ।


प्राधिकरणले कल सेटअप सफलता दर, कल सेटअप समय, सेवाको ग्रेड (कल ब्लक रेट) र कल ड्रप दर गरी चारवटा सूचकमा गुणस्तर मापन गरेको थियो । यसमा कल सेटअप सफलता दरमा तीनवटै दूरसंचार कम्पनीले प्राधिकरणले तोकेको सीमाअनुसार गुणस्तर कायम गर्न नसकेको प्राधिकरणले जनाएको छ।

कल सेटअप सफलता दरको सीमा ९९.९९ प्रतिशतभन्दा बढी वा सो सरह, कल सेटअप समय पाँच सेकेन्डभन्दा कम वा सो सरह, सेवाको ग्रेड र कल ड्रप दर दुई प्रतिशतभन्दा कम वा सो सरह हुनुपर्ने गरी सीमा तोकेको छ। यसमा कनैपनि सेवा प्रदायक सफल हुन नसकेको प्रतिवेदनमा देखिएको छ ।

‍औषत कल सेटअप सफलता दर टेलिकमको ८ सय ९५, एनसेलको ९ सय २५ र स्मार्टको ७ सय २५ रहेको जनाएको छ।

प्राधिकरणले ड्राइभ टेस्ट विधिबाट तथ्यांक संकलन गरेको जनाएको छ। उक्त विधिमा गुडिरहेको सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणद्वारा लगातार फोन गरी वा डेटा प्रयोग गरी तथ्यांक संकलन गरेको जनाएको छ।

प्राधिकरणले परीक्षणमा फोनकलको अवधि १२० सेकेन्ट गरेको थियो। जसमा अपरेटरको आफ्नै नेटवर्कभित्र लोकल कल गरिएको थियो।

‍कल सेटअप समयमा पनि तीनवटै सेवा प्रदायक सिमा भित्र पर्न नसकेको प्रतिवेदनमा उल्लेख छ। औसत कल सेटअप समय टेलिकमको ९.३२ सेकेन्ड, एनसेलको ६.२४ सेकेन्ड र स्मार्टको ११.५४ सेकेन्ड छ। कल सेटअप समय पाँच सेकेन्डभन्दा कम वा सो सरह हुनुपर्ने सीमा प्राधिकरणको छ।

औषत सेवाको ग्रेडमा टेलिकमको १ सय १५, एनसेलको ८५ र स्मार्टको २ सय ८५ रहेको प्राधिकरणको परीक्षणमा रेकर्ड भएको छ। सेवाको ग्रेड दुई प्रतिशतभन्दा कम वा सो सरह हुनुपर्ने गरी प्राधिकरणले सीमा तोकेको छ। यस्तै, औषत कल ड्रप दरमा एनसेलले टेलिकम र स्मार्ट दुवैलाई उछिन्दै प्राधिकरणले तोकेको सीमाभित्र परेको छ।

प्राधिकरणको पुस १६ मा नयाँ बानेश्वर, शंखमुल, ग्वार्को, इमाडोल, सानागाउँ, लुबु, लामाटारमा परीक्षण गरेको थियो। त्यस्तै पुस १८ मा इमाडोल, ग्वार्को, सातदोबाटो, एकान्तकुना, धोबीघाट, बल्खु, कलंकी, स्वयम्बू, बनस्थली, नयाँ बजार, सोह्रखुट्टे र ठमेल क्षेत्रमा परीक्षण गरेको थियो।

पुस १९ मा जमल, ज्ञानेश्वर, गौशाला, गौरीघाट, चाबहिल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सिनामंगल, कोटेश्वर, बालकुमारी र ग्वार्को क्षेत्रमा परीक्षण संचालन गरेको थियो।

पुस २० मा मित्रपार्क, टुसाल, कुमारीगाल, बौद्ध, चाबहिल, धुम्बाराही, कपन, गोल्फुटार, बुढानिलकण्ठ, पासिकोट, हात्तीगौंडा, नारायण गोपाल चोक, महाराजगञ्ज, लाजिम्पाट र लैनचौर क्षेत्रमा परीक्षण गरेको थियो।

पुस २१ मा सातदोबाटो, नखिपोट, कुसुन्ती, एकान्तकुना, झम्सिखेल, सानेपा, कुपण्डोल, त्रिपुरेश्वर र जमल क्षेत्रमा भ्वाइस सेवाको परीक्षण गरिएको थियो।

पुस २२ मा कोटेश्वर, पुरानो सिनामंगल, चाबहिल, सुन्दर टोल, बौद्ध, जोरपाटी, थली, कपन र धुम्बाराही क्षेत्रमा भ्वाइस सेवाको परीक्षण गरेको थियो।

पुस २३ मा बुङमती, च्यासिकोट, भैंसेपाटी, नख्खु, एकान्तकुना, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर र जमल क्षेत्रमा भ्वाइस सेवाको परीक्षण गरेको थियो।

पुस २५ मा सिंहदरबार, नयाँ बानेश्वर, मिलनचोक, भिम्सेनगोला, गौशाला, गौरीघाट, पुरानो सिनामंगल, पेप्सीकोला, कोटेश्वर र ग्वार्को क्षेत्रमा परीक्षण संचालन गरेको थियो।

पुस २६ मा सितापाइला, रामकोट र कलंकीमा परीक्षण भएको थियो। पुस २७ मा ठमेल, सामाखुशी, गोंगबु, धापासी, महाकांल, गोल्फुटारसहितका क्षेत्रहरूमा परीक्षण गरिएको थियो।

 


Author

थप समाचार
x