अर्थ / बाणिज्य

इटहरीमा शाओमीको नयाँ स्टोर

इकागज |
फागुन ४, २०७८ बुधबार १८:२९ बजे

काठमाडौँ - शाओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एन्ड ब्रदर्स प्रालिसँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो ।

नेपालभर आफ्ना स्टोरको संख्या दोब्बर बनाउने उद्धेश्यसहित कम्पनीले हाल देशका विभिन्न सहरमा स्टोर खोलेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर  सौरभ कोठारीले नयाँँ स्टोर खुलेपछि शाओमीका ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ बताए । यसले कम्पनीको सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुने उनको भनाइ छ ।्


यो शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुने र ग्राहकसँग सिधै अन्तरक्रिया  गर्न सक्ने शाओमीले जनाएको छ ।


Author

थप समाचार
x