अर्थ / बाणिज्य

मेटामा रिब्राण्डिङपछि फेसबुकले चार महिनामै ५ सय अर्ब डलर गुमायो

इकागज |
फागुन ११, २०७८ बुधबार १८:५३ बजे

काठमाडौँ - सोसल मिडिया फेसबुकले आफूलाई रिब्रान्डिङ पश्चात ४ महिनाको अवधिमा ५ सय अर्ब डलर घाटा भएको छ । गत अक्टोबरमा फेसबुक इंकको नाम परिवर्तन गरी मेटा राखेपछिको ४ महिनाको अवधिमा फेसबुकले ५ सय अर्ब डलर (करिब ५ सय ९८ खर्ब) घाटा भएको हाे ।

मेटाभर्सलाई दर्साउने सबै प्रोडक्ट (फेसबुक, म्यासेन्जर, इन्टाग्राम, ह्वाट्सएप) को नाम उद्देश्य एउटै रहेकाले प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरिएको थियो । तर यो नाम फेसबुकलाई फापेको छैन् । यो नाम पश्चात फेसबुकले सेयर मूल्यमा गिरावटसँगै प्रयोगकर्ता पनि गुमाएको छ । 


एप्पलले आफ्नो प्रोडक्ट आइओएसमा ट्रयाक गर्न नमिल्ने फिचरले पनि फेसबुकको आम्दानी घटेको जनाएको छ ।  यसबाहेक पनि कम्पनीको व्यवसाय घट्नुमा टिकटकको आगमन पनि एक रहेको छ । टिकटकमा प्रयोगकर्ताले फेसबुकभन्दा धेरै समय बिताउन थालेपछि फेसबुकका सक्रिय प्रयोगकर्ता कमी भएको जनाएको छ  । फेसबुकको माध्यमबाट आफ्ना मान्छेसँग डिजिटल रूपमा जोडिरहन सकिन्छ । फेसबुकको यही विशेषताले करोडौं प्रयोगकर्ता यो प्लेटफर्ममा जोडिएका छन् । तर अहिले त्यो विशेषता भएका प्लेटफर्म धेरै आइसकेका छन् । यसले गर्दा फेसबुकका प्रयोगकर्ता घट्दै गइरहेका छन् । न्यू योर्क म्यागेजिनमा प्रकाशित एक समाचार अनुसार गत ६ महिनामा फेसबुकले करिब ५ सय अर्ब डलर (५९८ खर्ब रूपैयाँ बढी) गुमाएको छ ।

कम्पनीलाई नयाँ दिशामा ल्याउन मार्क जुकरबर्गले बेलाबेलामा नयाँ-नयाँ फिचर ल्याइरहेका छन् । प्रयोगकर्तालाई थ्रीडी प्रविधिको माध्यमबाट भर्चुअल रियालिटीको अनुभव गराउन कम्पनीको नाम मेटा राखिएको थियो । 

टिकटक जस्तै फिचर सार्वजनिक
मेटाले विश्वभरका प्रयोगकर्ताका लागि रिल्स (टिकटक जस्तै) फिचर सार्वजनिक गरेको छ । मेटाले विश्वका १ सय ५० भन्दा बढी देशमा रहेका आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका उपलब्ध गराउन लागेको हो ।

टिकटकले भिडियो बजारमा आफ्नो पकड मजबुत बनाएपछि फेसबुकले सो कदम चालेको हो । केही समयदेखि फेसबुकका प्रयोगकर्ता र सेयरमा निरन्तर गिरावट आइरहेको छ । यसबाट पार पाउनको लागि फेसबुकले नयाँ फिचर विश्वभर उपलब्ध गराउन लागेको हो । हाल विश्वमा सबैभन्दा धेरै समय प्रयोगकर्ताले टिकटकमा बिताउने गरेका छन् । 

फेसबुकमा यो फिचर ल्याउने क्रममा सामाजिक सञ्जालको महारथी कम्पनीले नयाँ एडिटिङ फिचरका साथै विज्ञापनको विकल्प समेत समावेश गरेको छ । हुन त यसमा रहेका अधिकांश फिचर यसअघि अमेरिकासहितका ५० देशमा देशमा  उपलब्ध थिए ।

यसमा पनि टिकटकमा जस्तै फिचरहरू रहेको टेक क्रन्चले उल्लेख गरेको छ । फेसबुक रिल्समा मनिटाइजेसन अर्थात विज्ञापन राखेर समेत आम्दानी गर्न सकिने फिचर थप गर्ने भएको छ । जसमा दुई नयाँ शैली अपनाइनेछः जसमा पहिलो फेसबुक रिल्सको तल्लो भागमा अर्ध पारदर्शी तहको रुपमा ब्यानर विज्ञापन रहनेछ ।

अर्को चाहिँ स्टाटिक स्टिकर विज्ञापन हुनेछ, यसलाई चाहिँ ‘इन-स्ट्रिम एड’ उपलब्ध भएका देशमा रहने क्रियटर आफैँले अन्यत्र राख्न सक्नेछन् । प्रयोगकर्ताले आगामी सातामा रिल्सलाई स्टोरी, वाच ट्याब लगायत फेसबुकका अन्य स्थानमा समेत सेयर गर्न सक्नेछन् ।

कम्पनीले रिल्सको सफलता झल्काउने कुनै पनि तथ्याङ्क हालसम्म बाहिर ल्याएको छैन । मेटा स्न्यापच्याटको स्टोरी इन्स्टाग्राममा कपी गर्ने लगायतका कार्यमा सफल रह्यो । तर टिकटकलाई चुनौती दिन भन्दै फेसबुकले ल्याएको रिल्सको भविष्य के हुन्छ, त्यो चाहिँ अझै अनिश्चित नै छ । टिकटकमा अभ्यस्त भैसकेका प्रयोगकर्तालाई फेसबुक रिल्समा ल्याउन निकै कठिन हुनेछ यसमा मेटा कतिको सफल हुन्छ त्यो भने हेर्न बाँकी छ ।


Author

थप समाचार
x