अर्थ / बाणिज्य

नेपाली सेनालाई भारतीय सेनाको एक लाख कोभिडको खोप उपहार

इकागज |
फागुन १२, २०७८ बिहिवार १५:९ बजे

काठमाडौँ - भारतीय सेनाले नेपाली सेनालाई १ लाख कोभिड-१९ विरुद्धको खोप प्रदान गरेको छ । भारत सरकारको 'खोप मैत्री' योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज प्रदान गरेको हो ।

टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा आयोजित एक समारोहमा उपहार स्वरुप प्रदान सो खोप हस्तान्तरण गरेको हो । गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका हुन् ।


लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे। भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गरे । 
सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ । 


Author

थप समाचार
x