कोका-कोलाको 'कान्छु' बजारमा
फाइल फोटो
काठमाडौँ - कोका-कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ । यो कान्छु बोतल २५ रूपैयाँमा १ सय ७५ एमएलको आरजीबी(रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध गराएको हो । नेपाली भाषाको कोका-कोला लोगोसहित आएको यो कान्छु प्याकले नेपाली उपभोक्ताहरूसँग अझै नजिकको सम्बन्ध जोड्ने कम्पनीले जनाएको छ ।
यो कान्छु बोतललाई वातावरण-मैत्री बनाउनको लागि पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहन्छ । यो रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरूमा फ्यान्टा र स्प्राइटको लागि पनि उपलब्ध छ ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, 'हामी हाम्रा नेपाली उपभोक्ताहरूलाई धेरै भन्दा धेरै चोइसेजहरू प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ, चाहे त्यो पेय पदार्थमा होस् या प्याकेजिङमा होस् । र सोहि अनुसार हाम्रो सबैभन्दा सानो र सबैभन्दा कान्छो प्याक कान्छु बोतल जम्मा २५ रूपैँयामा यहाँँहरू सामु ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । फ्यान्टा र स्प्राइटमा पनि उपलब्ध यो प्याकको भरपुर मज्जा हाम्रो उपभोक्ताहरूले लिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।'
यो नयाँ आरजीबी बोतल कोका–कोलाको नेपालमा उपलब्ध पेय पदार्थ मध्य सबैभन्दा सानो बोतल हो । यसको आगमनसँगै नेपाली उपभोक्ताहरूलाई भिन्न–भिन्न अवसरमा भिन्न–भिन्न पेय र प्याकेजिङ विकल्प प्रदान गर्ने कोका–कोलाको निरन्तर प्रतिबद्धता थप प्रमाणित भएको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, 'यो नयाँँ कान्छु प्याक सबैभन्दा अफोर्डेबल मात्र नभएर यसको प्याकेजिङ नै विशेष गरी नेपाली उपभोक्ताहरूलाई ध्यानमा राखेर नेपाली नाम र नेपाली लोगोसहित डिजाइन गरिएको छ ।'
आफ्ना स्थानीय उपभोक्ताहरूसँग बलियो सम्बन्ध निर्माण गर्ने ब्रान्डको दृढ प्रतिबद्धता अनुसार कोका–कोलाले नेपाली उपभोक्ताहरूको लागि नेपाली नामसहित प्याकहरू ल्याइरहेको छ । कान्छु बोतल जस्तै कोका–कोलाले सन् २०१९ मा २५० एमएलको जिग्री प्याक लन्च गरेको थियो जुन हल्का भएकोले जहाँसुकै बोक्न र जुनसुकै समयमा पिउन उपभोक्तालाई सजिलो थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया