अर्थ / बाणिज्य

एभरेष्ट बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

इकागज |
फागुन १६, २०७८ सोमबार १३:१६ बजे

काठमाडौँ - एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच एक सहमति भएको छ। बैंकका कार्डधारकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौता सम्बन्धि एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णा प्रसाद ज्ञवाली हस्ताक्षर र आदानप्रदान गरेका थिए । एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंकसँग संयुक्त उद्यम हाल लाखौं ग्राहक आधार छ, जुन उद्योगमा उच्चतम मध्ये एक हो । हाल बैंकले आफ्ना ११३ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४६ एटिएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
 



Author

थप समाचार
x