अर्थ / बाणिज्य

महालक्ष्मी विकास बैंकद्वारा शिविर सञ्चालन

इकागज |
फागुन १९, २०७८ बिहीबार १५:३० बजे

काठमाडौँ - २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न अवसरहरुमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै हिन्दुहरुको महान पर्व महाशिवरात्रिको पावन अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका वडा नं. ६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर सञ्चालन गरेको छ ।

महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा व्रतालु तथा भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले उक्त शिविर सञ्चालन गरिएको पोखरा, लेकसाइड शाखाका शाखा प्रवन्धक नवराज भण्डारीले बताए।


केदारेश्वर मन्दिर दर्शन गर्न  पुगेका दर्शालु तथा भक्तजनहरले बैंकले गरेको यस पुण्य कार्यको सराहना गर्दै खुसी व्यक्त गरेका थिए। महाशिवरात्रिमा केदारेश्वर मन्दिर आएका करिब पाँच हजार व्रतालु तथा भक्तजनहरलाई चिया, फलफूल तथा पानी वितरण गरिएको छ। आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।


Author

थप समाचार
x