अर्थ / बाणिज्य

१६ अंकले बढ्यो सेयर बजार

ठुला कम्पनीको सेयरमा सामान्‍य करेक्सन, सात समूहका परिसूचक घट्यो

इकागज |
माघ १२, २०७७ सोमबार १५:१८ बजे

काठमाडौं : सेयर बजार सुचक नेप्से परिसूचक १६ अंकले बढेको छ । ठुला कम्पनीको सेयर मापन गर्ने सेन्सिटिभ सुचक सामान्य अंकले घटेपनि नेप्से बढेको हो ।

सोमबारको कारोबारमा नेप्से ० दशमलव ६६ प्रतिशतले बढेर २४४० दशमलव ८७ बिन्दूमा पुगेको छ । कारोबार हुने १२ समूहमध्ये सात वटा समूहको परिसूचक घटेका छन् । सेयर बजारलाई बढाउन बैंकिङ, ट्रेडिङ, निर्जीवन बीमा, म्युचुअल फन्ड र अन्‍य समूहले पहल गरे ।


सबैभन्दा बढी ट्रेडिङ समूहको परिसूचक वृद्धि भयो । ३ प्रतिशतले बढेको यो समूहको परिसूचक २९८४ बिन्दूमा पुग्यो ।

६ कम्पनीको सेयरमा उच्च वृद्धि रह्यो । नागरिक लगानी कोषको सेयर मूल्यमा ३ सय ७९ अंकले वृद्धि भएर सकारात्मक सर्किट लागेको थियो ।

८ अर्ब ९० करोड कारोबार

सोमबार बजारमा ८ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ७२ हजार ७ सय ७३ पटकको कारोबार १ करोड ९२ लाख कित्ता बराबरको सेयर किनबेच भएको छ ।

यस अवधिमा नेपाल लाइफ इन्‍स्‍योरेन्स, नबिल बैंक र एनसीसी बैंको सेयरमा उच्‍च कारोबार भएको छ । ६० करोड ३७ लाख रुपैयाँ बराबर किनबेच भएको नेपाल लाइफको सेयर मूल्य प्रति कित्ता २ हजार ८ सय ४९ रुपैयाँ पुगेको छ ।  


Author

थप समाचार
x