अर्थ / बाणिज्य

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद खुल्‍यो

इकागज |
माघ १४, २०७७ बुधवार ११:५ बजे

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गरेको छ ।  एक कित्ता सेयर बराबर नयाँ एक कित्ता साधारण सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

चुक्ता पुँजी रकम ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको १:१ कित्ता साधारण सेयरको अनुपातमा सेयर धनीहरूलाई ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको बैंकले जानकारी दिएको छ ।


यस डेभलपमेन्ट बैंकको अधिकृत पूँजी ५३ करोड रुपैयाँ छ । जसलाई प्रति सेयर एक सय रुपैयाँका दरले जम्मा ५३ लाख कित्ता साधारण सेयरमा विभाजन गरिएको छ । बैंकको जारी पूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ छ ।

चुक्ता पूँजी छ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ छ । पुस २० मा नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको थियो । बुधबारदेखि खुलेको हकप्रद फागुन ३ गतेसम्म आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।


Author

थप समाचार
x