अर्थ / बाणिज्य

नेपाल लाइफको सेयर मूल्य समायोजन, पहिलो कारोबारमै ७ प्रतिशतले बढ्यो मूल्‍य

इकागज |
माघ १४, २०७७ बुधवार ११:२० बजे

काठमाडौं : लाभांश घोषणा गरेलगत्तै अत्यधिक किनबेच भइरहेको नेपाल लाइफ इन्‍स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । मंगलबार बुक क्लोज हुनुभन्दा अघि नेपाल लाइफको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको किनबेच भएको थियो ।

नेपाल लाइफले ३१ प्रतिशत बोनस सेयर घोषणा गरेपछि लगानीकर्ताहरूको आकर्षण बढेको हो । बुधबार कम्‍पनीको सेयर मूल्‍य समायोजन भएको छ । मंगलबार प्रति कित्ता दुई हजार ८ सय ७२ रुपैयाँमा रोकिएको थियो । समायोजनपछि नेपाल लाइफको सेयर मूल्‍य प्रति कित्ता दुई हजार १ सय ९२ रुपैयाँ कायम भएको छ ।


बुधबारको सुरुवाती कारोबारमा कम्‍पनीको सेयर बढिरहेको छ । ११ बजेर १६ मिनेट जाँदा कम्पनीको सेयर मूल्‍य दुई हजार ३ सय ६५ रुपैयाँ पुगेको छ । यस अविधमा सर्वाधिक कारोबार हुनेमा नेपाल लाइफ इन्‍योरेन्स कम्‍पनी नै छ । २३ करोड रुपैयाँ बराबर कम्पनीको सेयर किनबेच भइरहेको छ ।


Author

थप समाचार
x