अर्थ / बाणिज्य

माघ २८ मा महिला लघुवित्तको आइपीओ

इकागज |
माघ २०, २०७७ मगलवार ११:५८ बजे

काठमाडौं : माघ २८ गते महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) खुल्‍ने भएको छ । जारी पुँजीको ३ लाख ७५ हजार कित्ता सर्वसाधारणमा लागि निष्‍काशन गर्न लागेको हो ।

लघुवित्तको जारी पुँजी १० करोडको ४० प्रतिशत निष्‍काशनका लागि छुट्याएको छ । प्रति सेयर एक सय रुपैयाँ अंकित दरमा ४ लाख कित्ता साधारण सेयर छ । पाँच हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्‍यसबाहेक २० हजार कित्ता सेयर सामुहिक लगानी कोषका लागि राखिएको कम्‍पनीले जानकारी दिएको छ ।


आइपीओ भर्ने म्याद फागुन २ गतेसम्म राखिएको छ । धितोपत्र बोर्डले लघुवित्तलाई माघ ८ गते आइपीओका लागि स्वीकृति दिएको थियो ।


Author

थप समाचार
x