अर्थ / बाणिज्य

बिहीबारदेखि कामना सेवा विकासको ऋणपत्र खुल्ने

इकागज |
माघ २१, २०७७ बुधबार १३:४ बजे

काठमाडौं : कामना सेवा विकास बैंकले बिहीबारदेखि ऋणपत्र बिक्री गर्ने भएको छ । १० वर्ष अवधिको यो ऋणपत्र वार्षिक ब्याजदर ९ प्रतिशत छ ।

प्रति ऋणपत्र बराबर एक हजार रुपैयाँ तोकिएको छ । १० लाख कित्ताले हुन आउने १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्‍ये ६ लाख कित्ता बिक्री गर्ने उल्लेख छ । ६० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरले बिक्री गर्ने बैंकले जानकारी दिएको छ । ४ लाख कित्ता ऋणपत्रले हुने आउने ४० करोड रुपैयाँमध्ये ५ प्रतिशत सर्वसाधारणका लागि छुट्याएको बैंकले बताएको छ ।


निष्काशन छिटोमा २६ गते बन्द हुनेछ भने ढिलोमा फागुन ६ गते बन्द हुने उल्‍लेख छ ।   


Author

थप समाचार
x