अर्थ / बाणिज्य

यूनाइटेड इदीमर्दीको अध्यक्षमा प्रकाश केसी नियुक्त

इकागज |
माघ २२, २०७७ बिहीबार १३:११ बजे

काठमाडौं : यूनाइटेड इदीमर्दी एन्ड आरबी हाइड्रोपावरको सञ्‍चालक पदमा संस्थापक सेयरधनी प्रकाश केसी नियुक्त भएका छन् । बुधबार बसेको सञ्‍चालक समितिले उनलाई नियुक्त गरेको हो ।

केसीलाई सञ्‍चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतले चयन गरेको कम्पनी सचिव निरज पौड्यालले जानकारी दिए । इदीमर्दी केसी घराना समहूले सञ्‍चालन गरेको संस्था हो । संस्थापक सुर्यबहादुर केसीको निधनपछि अध्यक्ष पद रिक्त थियो । उनका किरण केसी र रोशन केसीपछि प्रकाश केसी उनका छोरा हुन् । 


केसी ग्रुपअन्तर्गत हिमालयन गल्फ कोर्स, केसी हाउजिङ्ग, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ्ग कलेज, कालिका मल्टिप्रपोज कलेजमा लगानी छ । 


Author

थप समाचार
x