अर्थ / बाणिज्य

सप्तरीमा १३२ केभी सवस्टेशन बनाउन जग्गा प्राप्ति सुरु, कसको कति जग्गा पर्‍यो?

इकागज |
माघ २३, २०७७ शुक्रबार १२:५३ बजे

काठमाडौं : सरकारले सप्तरीको बोदेबर्साइन नगरपालिकामा १३२ केभी सवस्टेशन निर्माणको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएको छ । नेपाल विद्यतु प्राधिकरणले रुपनी-बोदेशर्साइन १३२ केभी प्रसारणलाइन निर्माण गरिरहेको छ । सोही आयोजनाअनुसार बोदेबर्साइनको वडा नम्बर ३ मा सवस्टेशन निर्माण गर्न लागेको हो ।   

बिहीबार बसेको मुआब्जा निर्धारण समितिले जग्गाको लागि मुआब्जा समेत निर्धारण गरिसकेको छ । सोही अनुसार प्राप्तिको लागि प्रक्रिया अघि बढाएको सप्तरी जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।


सप्तरीको विद्युत् आपूर्तिलाई नयाँ १३२/३३ केभी सवस्टेसनले सुधार गरेको छ । ३६ करोड रुपैयाँ लगानीमा दुई वर्ष अघि नै निर्माण सम्पन्न भएको रुपनी सवस्टेसनले पूर्व-पश्चिम १३२ केभी राष्ट्रिय प्रसारण प्रणालीबाट प्रवाह भएको विद्युतलाई सप्तरीमा आपूर्ति गर्छ ।

यसअघि सिराहाको लहानबाट करिब २५ किलोमिटर ३३ केभी लाइनमार्फत विद्युत् ल्याएर रुपनीमा रहेको ३३/११ केभी सवस्टेसनबाट सम्तरी विभिन्न ठाउँमा आपूर्ति भइरहेको थियो, लामो दूरीका कारण आपूर्ति विश्वसनीय नभएपछि नयाँ सवस्टेसन सञ्चालनमा ल्याइएको हो । रुपनी सवस्टेसनबाट ५ वटा फिडरमार्फत सप्तरीका राजविराज, बलरदा, बरसाइनलगायतका क्षेत्रमा विद्युत आपूर्ति गरिएको छ ।


Author

थप समाचार
x