अर्थ / बाणिज्य

महेन्द्रनगर विमानस्थल सञ्‍चालन सम्झौता पत्रमा हस्ताक्षर

इकागज |
फागुन ३, २०७७ सोमबार २१:२७ बजे

काठमाडौँ : महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तिनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महेन्द्रनगर विमानस्थल सञ्‍चालनका लागि सोमबार सुदुरपश्‍चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो । 

संस्कृति,पर्यटन तथा उडड्यन मन्त्रालयमा भएको सम्झौतामा विमानस्थल निर्माणकालागि आवश्यक पूर्वाधार निर्माण गरी विमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्‍न विमानस्थल बनाउने उल्लेख गरिएको छ । विमानस्थलको सुदृढीकरण, स्तरोन्नती र जग्गा अधिग्रहण गर्नका लागि संघ सरकारले ५० प्रतिशत रकम आर्थिक साझेदारीका रुपमा उपलब्ध गराउने जनाइएको छ । 


सम्झौता कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले विमानस्थल चलाउनको निम्ति सबै एकै ठाउँमा आइपुगेका कारण सम्झौता गर्ने परिस्थिति बनेको बताउनुभयो । सम्झौता पत्रका अनुसार भिमदत्त नगरपालिकामा रहेको महेन्द्रनगर विमानस्थलको धावनमार्गको लम्बाई कम्तिमा १६ सय मिटरसम्म बस्तार गरिने भएको छ ।


Author

थप समाचार
x