अर्थ / बाणिज्य

सोल्टी होटलको वासलात अझै सुध्रिएन, ११ करोड ५१ लाख नोक्सानी

इकागज |
फागुन ४, २०७७ मंगलबार १२:३० बजे

काठमाडौं : कोभिड-१९ का कारण होटल व्यवसाय थलिएसँगै प्रभावित भएको पाँच तारे सोल्टी होटलको वासलात अझै सुध्रिन सकेको छैन । गत पुस १६ गतेसम्मको वित्तीय विवरण अनुसार कम्पनी ११ करोड ५१ लाख ४१ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ११ करोड ५९ लाख ११ हजार खुद नाफा गरेको थियो ।

दोस्रो त्रैमासको समीक्षा अवधिको कात्तिक, मंसिर र पुस महीनामा कोभिडका कारण होटलको व्यावसायिक गतिविधि प्राय बन्द थियो । यसले आम्दानीमा समेत प्रत्यक्ष प्रभाव परेको कम्पनीले जानकारी दिएको छ । 


गत वर्ष ८२ करोड ११ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष १६ करोड ९८ लाख ४६ हजार रुपैयाँ मात्र आम्दानी गरेको हो ।

खर्च पनि गत वर्षभन्दा ५७ दशमलव ७३ प्रतिशत कम भएको छ । गत वर्ष ६७ करोड ३७ लाख १८ हजार रुपैयाँ खर्च गरेको कम्पनीले यस वर्ष २८ करोड ४७ लाख ७२ हजार रुपैयाँ खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ छ । होटलको जगेडा कोष रकम गत वर्षभन्दा ३१ दशमलव ५७ प्रतिशत कम ६९ करोड २० लाख ६३ हजार रुपैयाँ कायम छ । 

गत वर्ष १ दशमलव ५८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यस वर्ष १ दशमलव ३७ रुपैयाँ ऋणात्मक रहेको छ भने गत वर्ष २३ दशमलव ८० रुपैयाँ रहेको प्रति सेयर नेटवर्थ यस वर्ष १८ दशमलव २१ रुपैयाँ छ ।


Author

थप समाचार
x