अर्थ / बाणिज्य

नेशनल माइक्रोफाइनान्सले १० कित्ता बराबर २.१ कित्ता बोनस सेयर दिने

इकागज |
फागुन ५, २०७७ बुधबार १२:२५ बजे

काठमाडौं : नेशनल माइक्रोफाइनान्‍स लघुवित्त वित्तीय संस्‍थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०:२.१ को अनुपातमा बोनस सेयर बाँड्ने भएको छ । प्रत्येक १० कित्ता सेयर बराबर २.१ कित्ता बाँड्ने संस्थाले जानकारी दिएको छ ।

बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी ३१ करोड ९४ लाख ९४ हजार ७ सय ५२ रुपैयाँ पुग्नेछ ।


सोमबार बसेको सञ्‍चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । चैत ५ गते बिहीवार बस्ने लघुवित्तको साधारणसभा बैठकले यस्तालाई पारित गर्नेछ । गत असार मसान्‍तसम्म कायम रहेको चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमा उल्‍लेख छ ।


Author

थप समाचार
x