अर्थ / बाणिज्य

सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत, भोलीबाट कारोबार सुरु

इकागज |
फागुन ९, २०७७ आइतबार १४:४३ बजे

काठमाडौं : सानिमा बैंकको ऋणपत्र नेपाल स्‍टक एक्‍सचेञ्‍ज (नेप्‍से)मा सूचिकृत भएको छ । आइतबार बैंक र नेप्सेबीच सूचिकरण सम्‍झौता भएको हो ।

सम्झौता भएको दोस्रो दिन (सोमबार) दोस्रो बजारमा कारोबार सुरु हुने नेप्सेले जानकारी दिएको छ । गत फागुन ४ मा सुचिकृत गर्ने नेप्सेले निर्णय गरेको थियो । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा विसं २०८७ सम्मका लागि ऋणपत्र निष्कासन गरेको हो । 



Author

थप समाचार
x