अर्थ / बाणिज्य

ज्योति लाइफ इन्‍स्योरेन्सलाई आइपीओ जारी गर्न अनुमति

इकागज |
फागुन ९, २०७७ आइतबार १५:२१ बजे

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ६६ करोड रुपैयाँबराबरको साधारण सेयर (आइपीओ) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ६६ लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई आईपीओ बिक्री गर्न फागुन ७ गते अनुमति दिएको हो । यो आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटललाई दिइएको छ ।


कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्बको लागि  ६६ करोड बराबरको आईपीओ जारी गर्न लागेको हो । हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आईपीओ जारीगरेपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड पुग्‍नेछ । 


Author

थप समाचार
x