अर्थ / बाणिज्य

नेप्सेमा सामान्य वृद्धि

जलविद्युत र म्युचुअल फन्डका लगानीकर्ता मालामाल

इकागज |
फागुन ९, २०७७ आइतबार १५:५२ बजे

काठमाडौं : सेयर बजार मापन गर्ने नेप्से परिसुचक ३ दशमलव ६६ अंकले सामान्य वृद्धि भएको छ । आइतबार शून्य दशमलव १४ प्रतिशतले बढेर नेप्से २६४० दशमलव ३४ बिन्दूमा पुगेको हो । नेप्सेमा सामान्य वृद्धि भए पनि 'क' वर्गका कम्पनीहरूको सेयर मापन गर्ने सेन्सिटिभ परिसुचक २.२ अंकले घटेको छ ।

सबैभन्दा बढी जलविद्युत समूहको परिसुचकमा वृद्धि भएको छ । आइतवार ९१ हजार ३७८ पटकको व्यापारमा ८ अर्ब ६९ करोड ७६ लाख ४९ हजार बराबरको सेयर कारोबार भएको छ । यसबीच २ करोड ४० लाख ३४ हजार ७५४ कित्ता सेयर खरीदबिक्री भएको छ ।


कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल बैंकले ओगटेको छ । बैंकको ६१ करोड ४२ लाख ६२ हजार बराबरको सेयर कारोबार भएको छ । बैंकिङ समूहको परिसुचक ० दशमलव ३७ प्रतिशत, फाइनान्स ० दशमलव ३५ प्रतिशत, निर्जीवन बीमा ० दशमलव ६४ प्रतिशत, लघुवित्त १ दशमलव ०१ प्रतिशत र जीवन बीमा समूहको परिसूचक १ दशमलव ९६ प्रतिशतले घटेको छ ।

म्युचुअल फण्ड र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । म्युचुअल फण्ड समूहको सर्वाधिक ६ दशमलव ४ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ४ दशमलव २९ प्रतिशत बढेको हो ।

त्यस्तै यो दिन व्यापारिकको शून्य दशमलव ५४ प्रतिशत, होटलको शून्य दशमलव ५९ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य ७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ८ प्रतिशत र अन्यको १ दशमलव ८८ प्रतिशत परिसूचक बढेको छ ।


Author

थप समाचार
x