अर्थ / बाणिज्य

दुई कम्पनीको सेयरमुल्य बढेर सर्किट ब्रेकर

इकागज |
फागुन १०, २०७७ सोमबार १२:४५ बजे

काठमाडौं : सोमवार कारोबारमा आखुँखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर नेपाल हाइड्रो डेभलपर्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । १२:४० सम्‍ममा बैंकको २६ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको सेयरमूल्य ६६० रुपैयाँमा कारोबार भएको थियो ।



Author

थप समाचार
x