अर्थ / बाणिज्य

प्राइम लाइफको ७ प्रतिशत बोनस सेयर नेप्‍सेमा सूचिकृत

इकागज |
फागुन १०, २०७७ सोमवार १३:३७ बजे

काठमाडौं : प्राइम लाइफ इन्‍स्योरेन्सको बोनस सेयर नेपाल स्‍टक एक्‍सचेञ्‍ज (नेप्‍से) मा सूचिकृत भएको छ । कम्पनी ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

१५ लाख ८१ हजार २ सय ५३ कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

मंसिर १२ गते बसेको सञ्चालक समितिको बैंठकले १५ करोड ८१ लाख रुपैयाँको बोनस शेयर र १८ करोड ७ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।



Author

थप समाचार
x