अर्थ / बाणिज्य

हाइड्रोको सेयरमा चमक, बैंकको सेयर मुल्य खस्कियो

३२ अंकले खस्कियो सेयर बजार, पुँजीकरण ३५ खर्ब ९३ अर्ब

इकागज |
फागुन १०, २०७७ सोमबार १६:२० बजे

काठमाडौं : सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले खस्किएको छ । १ दशमलव २४ प्रतिशतले घटेर नेप्‍से २६०७ दशमलव ६७ बिन्दूमा पुगेको हो ।

जलविद्युत समूह र अन्य समूहबाहेक सबै समूहको परिसुचक खस्किएपछि नेप्से ओरालो लागेको हो । जलविद्युत समूहको परिसुचक २ दशमलव २६ प्रतिशतले बढेको छ । जलविद्युत समूहमा उछाल आउँदा अँखुखोला जलविद्युत कम्पनीको सेयर मुल्यमा सर्किट ब्रेकर नै लाग्यो । अपर तामाकोशीको सेयर मुल्यमा समेत ९ दशमलव ९ दशमलव ८३ प्रतिशतले बढेको छ ।


खानीखोला हाइड्रो, शिवश्री हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, युनियन हाइड्रोपावर र राधी जलविद्युतको सेयर मुल्यमा उच्‍चदरमा वृद्धि भएको छ ।

सोमबारको कारोबारमा ट्रेडिङ समूहको परिसुचकमा सबैभन्दा ठुलो गिरावट आयो । ट्रेडिङ समूहमा ३ दशमलव ०२ प्रतिशतले घटेर २९७२ दशमलव ८ बिन्दूमा पुगेको छ ।

बैंकिङ समूहको परिसूचक २ दशमलव ७२ प्रतिशतले घट्यो । यो परिसूचक १८७६ बिन्दूमा पुगेको छ । २ दशमलव ३५ प्रतिशतले घटेर विकास बैंकको परिसूचक २६८९ दशमलव ४५ बिन्दूमा पुगेको छ ।

सोमबार ८ अर्ब ४० करोड रुपैयाँ बराबर कारोबार पुगेको छ । ७८ हजार ८ सय ५८ पटकको कारोबारमा दुई करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी कारोबार एनआइशी एसिया बैंकको भएको छ । ३८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको यो बैंकको सेयर मुल्य ९ सय १८ रुपैयाँ छ । निफ्राको ३२ करोड १२ लाख रुपैयाँ बराबर कारोबार भएको छ । बजार पुँजीकरण ३५ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।


Author

थप समाचार
x