अर्थ / बाणिज्य

सेयर बजारमा नाफा बुक गरेर बेच्ने बढे

इकागज |
फागुन ११, २०७७ मंगलबार १३:२१ बजे

काठमाडौंः सेयर बजार परिसूचक (नेप्से) मा भारी गिरावट आएको छ । बजार खुलेको शुरुवातदेखि नै बिक्रीको चाप देखिएको सेयर बजारमा आधा घण्टापछि बजार केही बढ्ने क्रममा थियो । तर अन्तर्दिवसीय कारोबार ११ बजेर ४० मिनेटमा २,५८१.७९ बिन्दूमा पुगेपछि पुनः तीव्र गति आरोलो लागेको छ । दिउँसो १ बजेसम्म नेप्से परिसूचक २,५१९.६८ अंकमा आएको छ । सोमबारको तुलनामा मंगलबार १ बजेसम्म ८७.९९ अंकले घटेको छ । 

नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सूचक सेन्सेटिभ इण्डेक्स २.८४ प्रतिशत अर्थात् १३.३७ अंकले घटेको छ । बढेको बजारमा नाफा बुक गरि बिक्री गर्नेको चापले सेयर बजार ओरालो लागेको हो । सेयर बजारका सबै उपसमूह ओरालो लागेपछि सबै परिसूचक राताम्य भएका छन् । सोमबार बढेको जलविद्युत् उपसमूहमा आज ४.२१ प्रतिशतले अर्थात् सबैभन्दा ठूलो गिरावट देखिएको छ । 


सोमबार सकारात्मक सर्किट ब्रेकर लागेको नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको सेयरमा आज ऋणात्मक सर्किट ब्रेकर लागेको छ । निफ्राको सेयर मूल्य आज १० प्रतिशत अर्थात् ६६ रुपैयाँले घटेको छ । त्यस्तै, सोमबार ९ प्रतिशतभन्दा बढीले बढेको माथिल्लो तामाकोशीको सेयर मूल्य मंगलबार ७.९४ प्रतिशतले घटेको छ । 
आज नेप्सेमा निफ्राको ९ लाख ७४ हजार ८८ कित्ता सेयर बिक्रीका लागि आएको थियो । 
 


Author

थप समाचार
x