अर्थ / बाणिज्य

सेयर बजारमा नाटकीय उतारचढाव

सिस्टमको खराबीले कारोबार प्रभावित, अन्तत: १२ अंकको सामान्य वृद्धि

इकागज |
फागुन १२, २०७७ बुधबार १५:५८ बजे

काठमाडौं : कारोबार अवधिमा लामो समयको उतारचढावपछि सेयर बजार मापन गर्ने नेपाल स्टक एक्‍सचेञ्‍ज (नेप्से) १२ दशमलव दशमलव ५६ अंकले बढेको छ । नाटकीय ढंगको उतारचढाव पार गर्दै नेप्से ० दशमलव ४९ प्रतिशतको सामान्य वृद्धि भएको हो ।

२५९९ दशमलव ०७ बिन्दूमा पुगेको नेप्से प्रणालीमा केही बेर समस्‍या समेत आयो । बुधवार नेप्सेको वेबसाइटमा समस्या आउँदा कारोबार गर्न पाएनन् । संसद्‍ पुनर्स्थापनापछि बजार बढ्ने अपेक्षा थियो । २६०० बिन्दूबाट खुला भएको बजारले छलाङ मार्ने संकेत पनि थियो । तर, ३ मिनेटमै २६२० बिन्दूमा पुगेको बजार ह्वात्तै घट्यो ।


यो दिन नेप्सेको वेबसाइटले पनि वास्तविक तथ्यांक देखाएको थिएन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरमूल्य नेप्सेको वेबसाइटले शतप्रतिशत घटेको देखायो । जबकी कुनै पनि कम्पनीको शेयरमूल्य एक दिनमा १० प्रतिशतसम्म बढेर वा घटेर कारोबार हुन सक्दैन ।

नेप्सेमा समस्या आउँदा निफ्राको सेयर खरीदका लागि अर्डर राख्न नमिलेपछि कारोबारनै बन्द गर्नु परेको थियो । कारोबार खुलेसँगै निफ्राको सेयर ३२ अंकले घटेको नेप्सेले देखाएको छ ।

हाइड्रोपावर र अन्य समूह बाहेक सबै समूहको परिसुचकमा वृद्धि भएको छ । सिस्टममा अवरोध उत्‍पन्‍न भएपछि कारोबार ६ अर्ब ७० करोड रुपैयाँमा मात्रै सीमित हुनुपरेको छ । ६९ हजार ९९४ पटकको कारोबारमा १ करोड ६७ लाख कित्ता सेयर किनबेच भएको छ ।

यसबीच सबैभन्‍दा बढी नेपाल बैंक र निफ्राको सेयर अत्यधिक कारोबार भएको छ । नेपाल बैंकको ५८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने निफ्राको ५५ करोड ९९ लाख रुपैयाँ बराबर कारोबार भएको छ  ।


Author

थप समाचार
x