अर्थ / बाणिज्य

महिला लघुवित्तको आइपीओ बाँडफाँट शुक्रबार

इकागज |
फागुन १२, २०७७ बुधवार १७:८ बजे

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) शुक्रबार (पर्सि) बिहान ८ बजे बाँडफाँट गर्ने भएको छ । महिला लघुवित्तले गत माघ ३० गतेबाट एक सय रुपैयाँ अंकित दरका सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयरको बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ हो ।

कम्पनीले कुल ४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समुहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको छ। लघुवित्तको सेयरमा ६३ गुणा बढीको आवेदन परेको छ ।



Author

थप समाचार
x