अर्थ / बाणिज्य

नेउवा महासंघ र नेपाल बैंकर्स संघबीच सम्झौता

इकागज |
फागुन १४, २०७७ शुक्रबार १७:४७ बजे

काठमाडौँः नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज्) को प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने सम्झौता भएको छ  । 
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा दुई संस्थाले बैंकिङ्ग पहुँमा नरहेका साना–मझौला उद्यमीलाई वित्तीय साक्षरता तथा वित्तीय पहुँच पुर्‍याउने कार्य गर्ने बताइएको छ । 

बैंकहरू र एसमएमईज्हरू बीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रवर्धन गरिने महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । 


उक्त सम्झौता कार्यान्वयनका लागि दुवै संस्थाले संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका पहल गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन हुने भएको छ ।  

मुलुकमा ९५ प्रतिशत रोजगारी सिर्जना गर्ने ८० प्रतिशत साना मझौला उद्यममा वित्तीयकरणको समस्या रहेको छ । 


Author

थप समाचार
x