अर्थ / बाणिज्य

व्यवसायी सौर्य राणाको निधन

इकागज |
फागुन १६, २०७७ आइतबार १७:१२ बजे

काठमाडौँः व्यवसायी सौर्य राणाको निधन भएको छ । चार दिनअघि उनको मेडिसिटी अस्पतालमा ‘ओपन हार्ट सर्जरी’ गरिएको थियो । शल्यक्रियाबाट उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि पुनः सर्जरी गरिएको थियो । 

उनको आज अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राणा सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक थिए । उनी तारा म्यानेजमेन्ट प्रालि, अमरावती ट्राभल्स, भोटेकोसी पावर कम्पनी, तारा इनर्जी प्रालि र सूर्य नेपाल प्रालिसँग आवद्ध थिए । 


नेपाल–भारत चेम्बर अफ कसर्मका पूर्व अध्यक्ष समेत रहेका ६५ वर्षीय राणाका श्रीमति, एक छोरा र एक छोरी छन् । उनको आइतबार नै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिएको छ । 


Author

थप समाचार
x