अर्थ / बाणिज्य

मिल मालिकविरुद्ध १५ करोडको मुद्दा, बिक्री तथ्यांक घटाएर कर छली

इकागज |
फागुन १६, २०७७ आइतवार १८:२१ बजे

काठमाडौं : बाबा फ्लोर मिल्स प्रालि तथा गोपाल फ्‍लोर मिल प्रालिका सञ्‍चाकहरूविरुद्ध राजस्व अनुसन्‍धान विभागले मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका वडा नं. ९ स्थित बाबा फ्लोर मिल्सका सञ्‍चालक तथा गोपाल फ्लोर मिल प्रालि का मुख्य कारोबारी सुरेश कुमार राठी समेत ३ जनाविरुद्ध मुद्दा दायर भएको हो । 

१५ करोड ३६ लाख ६३ हजार छ सय ७२ रुपैयाँ विगोदाबीसहित जरिवाना र कैद सजाय मागदावी लिई आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनीहरूले वास्तविक बिक्रीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागले जानकारी दिएको छ ।

उनीहरूले मालवस्तु ढुवानी अनुगमन प्रणाली (भीसीटिएस) को  समेत पालना नगरेको उल्‍लेख छ । कारोबारमा बाबा फ्लोर मिल्स प्रालिका सञ्‍चालक तथा गोपाल फ्लोर मिल प्रालिका मुख्य कारोबारी मोरङ, विराटनगर बस्‍ने सुरेश कुमार राठी, बाबा फ्लोर मिल्स प्रालिका सञ्‍चालक सुमन राठी तथा कम्पनीका मेनेजर गिरधारी लाल अग्रवाल संलग्‍न छन् । 



Author

थप समाचार
x