अर्थ / बाणिज्य

४ सय रुपैयाँले बढ्यो सुनको मूल्‍य

इकागज |
फागुन १७, २०७७ सोमवार १२:१२ बजे

काठमाडौँ : स्थानीय बजारमा पहेंलो धातुको मूल्य सोमबार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४०० ले उकालो लागेको हो । प्रतितोला रु ८८ हजार ३०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने रु ८८ हजार ७०० मूल्य कायम भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो लागेको थियो ।  

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ८७ हजार ८५० हजारमा कारोवार भएकामा आजका लागि रु ८८ हजार २५० कायम भएको महासङ्घले जनाएको छ । तोलामा रु एक हजार ३२५ मा आइतवार कारोवार भएको चाँदी आजका लागि भने रु पाँचले वृद्धि भई रु एक हजार ३५० मूल्य निर्धारण भएको छ । रासस
 



Author

थप समाचार
x