अर्थ / बाणिज्य

भूकम्प प्रभावित क्षेत्रका सीमान्तकृत समुदायमा जापानी सहयोगमा शैक्षिक सुधार अघि बढाइँदै

इकागज |
फागुन १८, २०७७ मगलवार ८:२८ बजे

काठमाडौँः जापान सरकारले नेपालका भूकम्प प्रभावित क्षेत्रका सीमान्तकृत समुदायमा जापानी सहयोगमा शैक्षिक सुधारका लागि १० करोड २८ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । 

गैर–सरकारी संस्थाहरू मार्फत् कार्यान्वयन हुने यो परियोजना चार जिल्लामा सञ्चालन हुनेछ । टोकियोस्थित शान्ति भोलन्टीयर एसोसिएसन नामक जापानी गैर–सरकारी संस्थाले नेपालका दुई संस्थाहरू समुन्नत नेपाल र रिड नेपालसँगको सहकार्यमा यो परियोजना कार्यान्वयन गर्न लागेको हो । 
भूकम्प प्रभावित चार जिल्लाका स्थानीय समुदायमा पुस्तकालय तथा सिकाइ केन्द्रका साथै उन्नत शैक्षिक विधिहरू सञ्चालन गरिने नेपालस्थित जापानी दूतावासले जनाएको छ ।  


सहयोग सम्बन्धी सम्झौतापत्रमा दूतावासका सार्ज डे अफेयर्स योशिओका युजो र शान्ति भोलन्टीय संस्थाका तर्फबाट मियाकी ताकाफुमीले हस्ताक्षर गरेका छन् । 
यो परियोजनाले दोस्रो वर्षमा मकवानपुर, ललितपुर, सोलुखुम्बु, स्याङ्जा र सुनसरी जिल्लामा सामुदायिक पुस्तकालय र सिकाइ केन्द्रहरूमा सुधार गर्न खोजेको छ । यसले मकवानपुर जिल्लामा ५३ विद्यालयमा पुस्तकालय र सिकाइको वातावरण सुधारमा काम गर्ने बताइएको छ । 

दूतावासले विपद् जोखिम कम भएका पुस्तकालय र सिकाइ केन्द्रले नेपालमा गुणस्तरीय शिक्षा सुधारमा सहयोग पुग्ने उल्लेख गरेको छ । 
 


Author

थप समाचार
x