नेपालमा पानीजहाज चलाउन अध्ययन भइरहेको छ : मन्त्री नेम्वाङ्ग
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालका कर्णाली, नारायणी, कालिगण्डकी तथा कोशी जस्ता मुख्य नदीहरुमा पानीजहाज सञ्चालन गरि भारतसँग जलमार्ग मार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताएका छन् । भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको मारिटाइम इण्डिया समिट २०२१ को मन्त्रिस्तरिय भर्चुअल सेसनलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङ्गले यस्तो बताएका हुन् ।
उनले जल यातायात सम्बन्धि विभिन्न सन्धि सम्झौता तथा सम्मेलनहरुमा प्रतिवद्धता जनाए अनुसार व्यवहारमा कार्यन्वयन गर्न तर्फ अग्रसर भएको बताए । उनले कुनै पनि देश विकसित र समृद्ध हुन यातायात र पारवहन सुविधा आधारभूत पूर्वाधारको रुपमा रहने भन्दै नेपालले यातायातको सबै क्षेत्र हवाईजहाज, रेल, सडक यायातात तथा पारवहन सुविधालाई उच्च प्राथमिकताका साथ अगाडी बढाइएको बताए । मन्त्री नेम्बाङ्गले नेपाल भूपरिवेष्टितबाट भूजडित देशको रुपमा विकसित भएको समेत उल्लेख गरे ।
उनले जल यातायात सञ्चालन सम्बन्धि नेपालको प्रयास निक्कै पुरानो भएको बताए । उनले भने, ‘यो तपाइँको लागि आश्चर्यको विषय हुन सक्छ कि नेपालले पानीजहाज सम्बन्धी ऐन सन १९७१ पारित गरेको थियो । विभिन्न कारणले नेपालको पानीजहाज सञ्चालन हुन सकेन । निक्कै लामो समय पछि जल यातायातलाई अहिलेको सरकारले उच्च प्राथमिकताका साथ अगाडी बढाएको छ ।’ तीन दिनसम्म चल्ने मारिटाइम इण्डिया समिट २०२१ को भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया