अर्थ / बाणिज्य

मोतिपुर औद्योगिक करिडोरको शिलान्यास नगर्न भुसालको चेतावनी

विक्रम खड्का |
फागुन २१, २०७७ शुक्रबार १२:५४ बजे

बुटवल : नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका नेता तथा सांसद घनश्याम भुसालले मोतिपुर औद्योगिक करिडोरको शिलान्यास नगर्न चेतावनी दिएको खुलेको छ । भुसालले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतलाई फोन गरेर शिलान्यास कार्यक्रम नगर्न चेतावनी दिएको बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतले भने, ‘हाम्रो विमति हुँदाहुँदै अधि नबढ्नु, मै आफै आन्दोलनमा सहभागी हुन नपरोस् । माननीयले भन्नू भयो ।’ शिलन्याश गर्ने ओधोगिक क्षेत्र विष्णु पौडेल र धनश्याम भुषालको निर्वाचन क्षेत्र पर्दछ । 


यता नेता भुसालले भने सहमतिविपरीत जबरजस्ती शिलान्यास गर्न खोजेकोले गर्न नहुने बताएको उनले बताए ।  'यो ओचित्यहिन काम हो । जनतामाथि दमन गरेर, झुक्याएर शिलान्यास गर्नुहुदैन', उनले भने, 'जनताले अपनत्व गरेको विकासको कुनै ओचित्य छैन । मसँग बसेर समेत कुरा भएको थियो, मैले स्थानीयलाई सहमत गराएर मात्रै काम अघि बढाउनुपर्छ भन्ने कुरा गरेको हुँ, त्यो सहमतिविपरीत अहिले जबरजस्ती शिलान्यास गर्न हुँदैन । जनतालाई धम्क्याएर विकास अघि बढाउन हुदैन, जनतालाई साथ लिएर, चित्त बुझाएर मात्रै विकास सम्भव छ, जनताको उठिबास लगाएर काम अघि नबढाइयोस् ।'


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x