अर्थ / बाणिज्य

नेपाल हाइड्रो डेभलपरको सीइओमा शेषकुमार ढुंगाना

इकागज |
फागुन २३, २०७७ आइतवार १२:५२ बजे

काठमाडौं : नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा शेषकुमार ढुंगाना नियुक्त भएका छन् । कम्पनीको ६०औं सञ्‍चालक समितिले ढुंगानालाई नियुक्त गरेको हो ।

बिहीबार कम्पनीको सञ्‍चालक समितिको बैठक बसेको थियो । जलविद्युत् प्रवर्धक ज्ञानेन्द्रला प्रधान कम्पनीका अध्यक्ष हुन् । समितिले सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर बाँड्ने समेत निर्णय गरेको थियो ।



Author

थप समाचार
x