अर्थ / बाणिज्य

अपर ईर्खुवा खोला जलविद्युत् आयोजना बनाउन कर्जा लिने

इकागज |
फागुन २५, २०७७ मंगलबार १२:४३ बजे

काठमाडौं : १४.५ मेगावाटको अपर ईर्खुवा खोला जलविद्युत आयोजना निर्माणका लागि आरती पावर कम्पनीले कर्जा लिने भएको छ । कम्पनीको सञ्‍चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

चौथो र पाँचौं वार्षिक साधारणसभाको संयुक्त बैठकले यो प्रस्तावमाथि निर्णय गर्नेछ । आगामी वर्ष जेठ २७ मा बस्न गइरहेको सभाको बैठकले पारित गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले बैङ्क तथा वित्तीय संस्थाबाट १ अर्ब ८२ करोड रुपैयाँ कर्जा लिन लागेको कम्पनीले जानकारी दिएको छ ।


आयोजना बनाउन २ अर्ब ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसअनुसार ७८ करोड स्वपुँजी (इक्विटी) र बाँकी कर्जाबाट जुटाउने तयारी कम्पनीको छ । साधारणसभामा कम्पनीको अधिकृत र जारी पुँजी बढाएर ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पेश हुने उनले बताए । ७० प्रतिशत कर्जा र ३० प्रतिशत इक्‍विटी लगानी हुने छ ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्र पाउन बाँकी छ ।


Author

थप समाचार
x