अर्थ / बाणिज्य

जलविद्युत् उत्पादन तथा लगानी कम्पनीको सीइओ आकांक्षीहरू को-कस्ता ?

इकागज |
चैत २, २०७७ सोमबार १४:३५ बजे

काठमाडौँ : जलविद्युत्मा स्वदेशी लगानीमार्फत जलविद्युत् विकास गर्ने उद्देश्यले सरकारले गठन गरेको जलविद्युत् लगानी तथा विकास कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि आकांक्षी आवेदकहरुको मूल्यांकन भइरहेको छ । ऊर्जा सचिव तथा कम्पनीका अध्यक्ष दिनेशकुमार घिमिरे आफै संयोजक भई गठन भएको कमिटीले नौजना आकांक्षीहरुको योग्यता, अनुभवलगायतका विभिन्‍न पक्षहरुको मूल्यांकन भइरहेको छ ।

प्रमुख कार्यकारी अधिकृत छनौट समितिमा ऊर्जा सचिव घिमिरेका अतिरिक्त लोकसेवा आयोगका सहसचिव तोयनारायण सुवेदी, अर्थ मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरे, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भवानी शंकर आचार्य र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्ययन निर्देशक विनोदकुमार बिष्ट छन् । 
कम्पनीले १५ दिनको म्याद दिएर आवेदन बुझाउने अन्तिम मिति गत फागुन १९ गते तोकेको थियो ।


अहिले उक्त अवधि सकिएकाले छनौट समितिले मूल्यांकन गरिररहेको छ । निवर्तमान सीइओ छविराज पोखरेलको कार्यावधि सकिएपछि खुला प्रतिस्पर्धामार्फत् छनौट गर्न लागिएको हो । मुलुकको जलविद्युत् क्षेत्रमा अर्बाैं रुपैयाँ लगानी गर्ने कम्पनी भएकाले यसको सर्वत्र चासो व्यक्त गरिएको सन्दर्भमा आगामी सीइओका आकांक्षीहरुको योग्यता, विवरण उनीहरुको कामको अनुभव संक्षेपमा यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छ । 

 


Author

थप समाचार
x