नव आदर्श माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग
काठमाडौं – ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत एक विद्यालयलाई सहयाेग गरेकाे छ ।काठमाडौंकाे बसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि आवश्यक सामग्री सहयाेग गरेकाे हाे ।
विद्यार्थीहरूलाई पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरिएकाे छ। विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिप राज बरालले स्कुलका विद्यार्थीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गरे ।
कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक जित बहादुर गुरुङ र नव आदर्श माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु राज श्रेष्ठ, सह–प्रध्यानाध्यापक द्वय बैकुण्ठ पौडेल र कृष्ण प्रसाद दवाडी लगायत विभिन्न शिक्षक शिक्षकहरुको उपस्थिति रहेको थियो ।
नव आदर्श माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब ३०० जना विद्यार्थीहरु लाई न्युनतम शुल्कमा अध्यापन गराई रहेको छ । बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आधारभूत आवश्यकता पुरा गरि गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने हेतुले सो सहयोग गरेको बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया